आइसीसी क्रिकेटमा आज नेपालले अमेरिकाको सामना गर्ने

पोखरा, असार ५ ।
आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले अमेरिकाको सामना गर्दैछ । नेपाली समय अनुसार अपराह्न १२ः ४५ बजेदेखि खेल सुरु हुँदैछ । आजको खेल जित्नैपर्ने दवाव नेपालमाथि छ ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल आयोजक जिम्बाबेसँग पराजित भएको थियो । त्यस्तै अमेरिकाले पनि आफ्नो पहिलो खेलमा वेस्टइण्डिजसँग हार बेहोरेको छ ।

नेपाल र अमेरिकाबीच हालसम्म ६ एकदिवसीय खेल भएका छन् । जसमा नेपालले ३ खेल जितेको छ भने २ खेलमा हार बेहोरेको छ । त्यस्तै एक खेल टाई भएको छ । नेपालले आफ्नो तेस्रो खेल असार ७ मा वेस्टइन्डिजसँग र समूह चरणको अन्तिम खेल असार ९ मा नेदरल्यान्ड्ससँग खेल्ने तालिका रहेको छ ।