अष्ट्रेलियामा कार दुर्घटना, पोखराकी सुवेदी सहित २ जनाको मृत्यु

पोखरा, साउन १२ ।
अष्ट्रेलियामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु भएको छ । अस्ट्रेलियाको कूमास्थित मोनारो हाइवेमा आइतबार बिहान दुर्घटना भएको हो । मृत्यु हुनेमा नेपाली विद्यार्थी समीक्षा सुवेदी र गोपाल भण्डारी छन् । तीव्र गतिमा रहेको कार अन्यिन्त्रित हुँदा सडकबार सँगैको रुखमा ठोक्किएको थियो ।

मृतक सुवेदी पोखराकी हुन् भने भण्डकारी चितवनका हुन् । समिक्षाको पुख्र्यौली घर स्याङजा रहेको बताईएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । उनीहरुको कूमा अस्पतालमा उपचार भइरहेको बताइएको छ ।