अर्थमन्त्री खतिवडाले राजीनामा दिने

पोखरा, भदौ १९ ।
अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने बताएका छन् । शुक्रबारको मन्त्रीपरिषद् बैठकमा उनले राजीनामा दिने घोषणा गरेका हुन् ।

राष्ट्रियसभाको रिक्त पदमा पार्टी उपाध्यक्ष बामदेव गौतमलाई लैजाने निर्णय सचिवालय बैठकले गरेपछि मन्त्री खतिवडाले राजीनामा दिने बताएका हुन् ।

माघ महिनामै सांसदको म्याद सकिएका खतिवडालाई संविधानको ब्यवस्था प्रयोग गरी थप ६ महिनाका लागि मन्त्री नियुक्त गरिएको थियो । अब हुने रिक्त पदमा उपाध्यक्ष गौतमलाई सांसद बनाउने निर्णयसँगै खतिवडा सांसद बन्ने तत्कालको बाटो बन्द भएको छ ।