अर्घाखाँचीमा बस दुर्घटनाः १७ जनाको मृत्यु, १३ घाईते

अर्घाखाँची, मंसिर ११ ।
अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । दुर्घटनामा १३ जना घाइते छन् । प्रदेश नम्बर ५ का डीआईजी शुरेशविक्रम शाहका अनुसार ज्यान गुमाउनेमा छ महिला, एक बालिका, एक बालक र नौ पुरुष रहेका छन् ।

सन्धीखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ यात्रुबहाक बस सन्धीखर्क नगरपालिका(१ स्थित नरपानी र घुम्चीको बीचमा दुर्घटनामा परेको हो । डीआईजी शाहका अनुसार बस सडकबाट ६ सय मिटर तल खसेको छ ।

डीआईजी शाहले भने,‘‘बसपार्कबाट १७ जना टिकट काटेर यात्रा गरेको देखिन्छ भने बाटोमा अन्य केही थपिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटना भएको स्थान खोंच भएको र राति समय भएकोले उद्धार कार्यमा केही समस्या भए पनि प्रहरीले उद्धार कार्य गरिरहेको बताएका छन् ।