अर्घाखाँचीको मालारानी–३ मा कांग्रेस विजयी

 

बुटवल, मंसिर १५ ।

अर्घाखाँचीको मालारानी गाउँपालिका वडानम्बर ३ को अध्यक्षमा नेपाली कांग्रेसका शोभाखर खनाल विजयी भएका छन् ।

खनालले नेपाल कम्युनिस्ट पार्टी नेकपाका यमलाल खनाललाई १०६ मत अन्तरले पछि पार्दै विजयी भएका अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

शोभाखरले एक हजार १५९ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी यमलालले एक हजार ५३ मत पाएका छन् ।

३ हजार ३० मतदाता रहेको उक्त वडामा दुई हजार २२५ मत खसेको थियो ।

नेकपाबाट निर्वा्चित तत्कालीन वडा अध्यक्ष जीवन चौहानको मोटरसाइकल दुर्घटनामा परी निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेसले बाजी मारेको हो ।

गत निर्वाचनमा शोभाखर ३६ मतले पराजित भएका थिए ।(अनलाइनखबरबाट साभार)