अमेरिका एउटा दलदल हो, आएपछि फर्किन गाह्रो छ–गोविन्द पौडेल

अमेरिका, कार्तिक १४ ।

नेपालको विपक्षी ध्रुवकाे देश । धेरैको सपनाको देश । अमेरिका नामको देश जान ज्यानै जोखिममा पार्नेको पनि यहाँ कमी छैन् । लाखौँ खर्चेर अमेरिका जान मानिसहरु सहजै तयार हुन्छन् । चाहे डिभी परोस वा चाहे मेक्सिकोको पर्खाल नाघेर होस् । वर्षेनी अमेरिकाले नेपाललगायतका देशका नागरिकलाई डिभीमार्फत आफ्नो देश भित्र्याउने पनि गरेको छ ।

अहिले पनि डिभी खुलेको छ र प्रक्रिया पु¥याई फर्म भरेकाहरु मध्येबाट सिमित व्यक्ति अमेरिकाले छान्नेछ । छनोट भएका व्यक्तिहरु वैधानिक तवरले अमेरिकाका लागि योग्य मानिन्छन् । नेपालको भन्दा रितीथिती ठ्याक्कै उल्टो भएको अमेरिकामा त्यस्तो के छ ? जहाँ जानको लागि मानिसहरु दिनरात एक गर्न समेत पछि पदैनन् । ज्यानको मोह भन्दा अमेरिकी मोह ठुला मान्छन् ।

उही सपनाको देश मानिने अमेरिकामा बसोबास गरिरहेका एक सामाजिक अभियन्ता गोविन्द पौडेल । पर्वतको खुर्कोटमा जन्मिएका पौडेल प्रवासी पर्वतेलीहरुको सबैभन्दा ठुलो संस्था अन्तर्राष्ट्रिय पर्वत समाजका उपाध्यक्ष पनि हुन भने उनी हाल अमेरिकामा रहेका पर्वतेलीलाई एकीकृत गर्ने अभियानका अभियन्ता पनि ।

पौडेलसँग पर्यटन व्यवसायको अनुभव पनि छ । नेपालमा रहँदा ग्रामिण पर्यटन प्रवद्र्धन कोषको सचिव र काठमाडौँ वातावरण शिक्षा परियोजनाको सहकोषाध्यक्ष रुपमा काम गरिरहेका पौडेल हाल अमेरिकामा पनि नेपाली पर्यटन विशेष गरि ग्रामिण पर्यटन प्रवद्र्धनमा लागिपरेका छन् ।
त्यो बाहेक, जर्मनी र नेदरल्याण्डमा हिमाट्रेक नामको ट्राभल कम्पनीमार्फत बर्सेनी सयौँ विदेशी पर्यटकलाई नेपाल भित्र्याउनमा उनको योगदान पनि छ । उनै पौडेलसँग अमेरिका, अमेरिकामा रहेका नेपाली र अमेरिकाबाट नेपाल तथा मातृभुमी पर्वतको विषयमा विशन क्षेत्रीले गरेको कुराकानी-

वर्षेनी सयौँ व्यक्ति लाखौँ खर्च गरेर दलालको भरमा गैरकानुनी तवरबाट अमेरिका जाने गरेका छन् । कतिपयको ज्यान समेत जाने गरेको छ भने कतिपय डिपोर्ट हुने गरेका छन्, अमेरिका भनेपछि मरिहत्ते गर्ने व्यक्तिहरुलाई तपाईको सुझाव के छ ?

कतिले आफु गयो, हामीलाई नआईज भन्यो भन्छन् । अमेरिका एउटा दलदल हो, यहाँ आईसकेपछि फर्कन गाह्रो छ । लाखाँेै खÞर्च गरेर यहाँ आएपछि पनि सजिलै पेपर हुन्छ भन्ने छैन । यहाँ आउन जति खर्च गरिन्छ त्यही लगानी गर्ने हो भने आन्नदसँग नेपाल मै कमाउन सकिन्छ भन्ने लागेको छ ।

तर, तपाईँ त अमेरिका नै हुनुहुन्छ नि ? अमेरिका बसेर यहाँ नआईज …… भन्ने ?

लाई धेरैले सोध्ने गर्छन तँ किन बसेको त अमेरिका ? उपदेश दिन सजिलो छ, गर्न गाह्रो छ । मेरो एउटा लक्ष्य छ, यहाँ बसेर नेपालमा बढि भन्दा बढि पर्यटक पठाएर देशको आर्थिक सम्वृद्धिमा सानै भएपनि सहयोग गर्ने । त्यसको लागी मैले प्रयास सुरु गरेको छु, मेरो प्रयास कति सफल हुन्छ सफल भए म केही समय यहाँ बस्छु । नभए आगामी ४ वर्षमा आफनै देश फर्कन्छु ।

आर्थिक समृद्धिमा प्रयास भन्नुभयो, कस्तो प्रयास थाल्नुभएको छ ?

MEET UP भन्ने साईडमा नेपाल ट्रेकिङ्ग भन्ने एउटा पेज बनाएको छु । यसको उद्धेश्य पर्यटकलाई नेपालको जानकारी दिने हो । अहिले सम्म सयाँै मनिसहरु यसको सदस्य भईसकेका छन् । मेम्बर भै सकेका छन सदस्य थपिने क्रम जारी छ । हरेक वर्ष यो ग्रुपकाे २ पटक भेटघाट हुन्छ । नेपालको पर्यटकीय क्षेत्रका बारेमा जानकारी तथा छलफल हुन्छ । यसमा मेरो कुनै व्यक्तिगत स्वार्थ पनि छैन् । कसैले म सगै टुर गर्न सकिन्छ भन्नेलाई मात्र मैले मेरो कम्पनिको बारेमा कुरा गर्छु नत्र नेपाल जान प्रेरित गर्ने गरेको छु मेरो सबै संग आग्रह छ धेरै खर्च गरेर विदेश नलागौ देशमै केही गराैं ।

अमेरिका गएपछि उतैको संस्कृति अपनाउनेहरु पनि छन् नि ? उनीहरुलाई तपाई के भन्नुहुन्छ ?

बरु नेपालमा सांस्कृति प्रति प्रहार भएको छ । मान्छेहरुले आफ्नो संस्कृति भुलिसके । यहाँ त झन संस्कृति धर्मलाई कसरी जोगाउने भनेर लागिपरेका छन् । जस्को उदाहरण ठाउँठाउँमा मन्दिरहरु बनेका छन् । बल्टीमोर, टेक्सस, क्यालिफोर्निया, न्युयोर्क मा त नेपाली मन्दिर बन्नु नै काफी छ यसको अलावा विभिन्न पर्वमा नेपाली जमघट भएर नेपाली सांस्कृतिक कार्यक्रम संयुक्त रुपमा मनाउने गरेका छन् ।

घरघरमा एउटा सानो पुजाकोठा बनाएका छन् । ठाउँठाउँमा सन्तानले आफनो भाषा र संस्कार नभुलुन भनेर नेपाली विद्यालय खोलेर नेपाली भाषा पढाउने तथा नेपाली भाषा संस्कृतिको ज्ञान दिने गरिएको छ । नेपालमा भन्दा यहाँ आएपछि बढि नै देश र आफ्नो संस्कारको माया गर्ने गरेका छन् ।

तपाई एउटा ठुलो संस्थाको उपाध्यक्ष पनि हुनुहुन्छ ? पदीय हिसाबले त्यहाँको पर्वतेलीहरुप्रति तपाईको दायित्व के छ ?

म उपाध्यक्ष भएर मैले सोचे जति गर्न सकेको छैन मेरो जन्मभुमिको लागी मैले केही गर्नु पर्छ भन्ने भाबनाले म यो संस्थाको उपाध्यक्ष भएको हो । यहाँ बस्ने पर्वते लाई गोलबन्द गर्दै हरेक समस्यामा सहभागी भएर आर्थिक, सामाजिक, पारिवारिक उत्थानको लागी मैले मेहनत गर्नेैपर्छ । यो मेरो कर्तव्य र दायित्व पनि हो, मेरो मात्र किन हरेक पर्वतेको जन्मभुमिको ऋण तिर्ने उत्तम अवसर पनि ।

त्यसभन्दा पहिले सबैलाई एकै छाता भित्र ल्याउन जÞरूरी छ तब मात्र सबैका समास्या सुन्न सकिन्छ र सक्दो सहयोग गर्न सकिन्छ । भरखर स्थापित हुन लागेको संस्थाको उपाध्यक्ष भएको नाताले मैले पहिला सबै लाई गोलबन्द गर्ने अभियान स्वरुप अमेरिक मा रहेका हामी पर्वतेली नामबाट फेसबुक ग्रप पनि बनाएको छ । मलाई लाग्छ चाँडै अमेरिकामा रहेका पर्वतेली मित्रहरु त्यहाँ समावेश हुनुहुनेछ र त्यसपछि हामीले अगाडिको विषयमा सोच्नेछौँ ।

सँगै संगठन बिस्तार गर्दै निस्वार्थ भावले राजनैतिक, सामाजिक, सांस्कृतिक भेदभाव नराखी काम गर्न आवश्यक छ । पर्वत समाजमा गोलबन्द गर्दै सबैको सल्लाहमा जिल्लाको समृद्धिको हर सम्भव प्रयास गर्नुको साथै अमेरिकामा मात्र नभएर प्रवासमा रहेका अप्ठ्यारो मा परेका पर्वतेलीलाई सहयोग गर्नु हाम्रो दायित्व हो ।

त्यहाँका नेपालीहरुको समस्या र तपाईले गरेको सहयोग ?

व्यक्तिगत रुपमा अमेरिका आएर काम नपाएकालाई काम खोज्ने, म बस्ने नेब्रास्का ओमाहा मा आउन चाहनेलाई काम खोजीदिने, निःशुल्क गाडी सिकाईदिने, बस्नको लागि कोठा व्यवस्थापन गरिदिने गरेको छु । त्यस बाहेक अन्य केहि गर्न सकिएको छैन । मलाई लाग्छ हामी चाँडै केके गर्न सकिन्छ भन्ने एउटा ठोस कार्यक्रम को साथ आउने छौँ ।

पर्वतेलीहरुको लागि तपाईको योजना ?

आफ्नो जन्मभूमीलाई पर्वतेले माया नगर्ने र सहयोग नगर्ने भन्ने कुरै हुन्न । वास्तवमा व्याक्तिगत र संस्थागत तर्फवाट सहयोग गरेका छन् । एनआरएनएको तर्फवाट विभिन्न समयमा म जस्तै अरुलाई पनि सहयोग गरेको मैले भेटेको छु । यहाँ पर्वतका धेरै व्यक्तिहरु बसोबास गर्नुहुन्छ । उहाँहरुलाई वेलावेलामा समस्या पर्दा पर्वत समाज मोदीकाली केहि सक्रिय भएको देखिन्छ ।

मैले अन्तराष्ट्रिय पर्वत समाजलाई अमेरिकामा विस्तार गर्ने सोचेको छु । अमेरिकाभरिका सबै पर्वते दाजुभाई तथा दिदिवहिनीहरुलाई समेट्न मैले अमेरिकामा रहेका हामी पर्वते भन्ने फेसबुक पेज बनाएको छु । त्यो फेसबुक पेज बनाएर मैले साथीहरुलाई सम्पर्कमा आउन भनेको छु । साथीहरुले लाईक गर्ने, म्यासेज गर्ने, सम्पर्कमा आउन खोज्ने काम भैरहेको छ । केहि समय पछि यो सन्जालमा सबै पर्वते दाजुभाई आउनुहुनेछ । अमेरिकामा अन्तराष्ट्रिय पर्वत समाज गठन गर्ने योजना पुरा हुने मेरो विश्वास छ ।

(पौडेल कला र साहित्य समाजको संयोजक साथसाथै मानबअधिकार र शान्ति समाजको आजीवन सदस्य समेत रहेका छन् ।)-नागरिक दैनिक ।