अबदेखि पोखराबाटै श्रम स्वीकृति

पोखरा, पुस २५ ।
बैदेशिक रोजगारीमा जानेहरुका लागि खुशीको खवर छ । काठमाण्डौंबाट मात्रै हुँदै आएको श्रम स्विकृति अवदेखि पोखराबाट पनि हुने भएको छ । विहिबारदेखि पोखराबाट श्रम स्विकृति दिने तयारी भएको छ ।

नेपाल सरकार बैदेशिक रोजगार विभागले केहि दिन अघि नै प्राविधिकहरुलाई त्यसको तयारीको लागि पोखरा पठाएको थियो । उनीहरुले बुधबार सम्पूर्ण प्राविधिक कामहरु सकेको र बिहिबारबाट सेवा प्रदान गर्न लागेका हुन् ।

तत्कालका लागि यसअघि नै विदेश गएर फर्किएकाहरुको पुनः श्रम स्विकृति मात्रै गर्ने र पछि नयाँ स्विकृति पनि थप्ने श्रम प्रबक्ता डा. नारायण रेग्मीले जानकारी दिए । उनका अनुसार तोकिएको संख्यामा बैदेशिक रोजगारमा जानेहरुको लागि स्टिकर दिने काम समेत यही कार्यालयले गर्नेछ ।

यसअघि प्रदेश ५ को बुटवल र प्रदेश २ को जनकपुरबाट सेवा प्रदान गरिसकेको मन्त्रालयले बिहिबार देखि पोखरामा सुरु गर्न लागेको हो । बैदेशिक रोजगारीमा जानका लागि हुने गतिविधिबारे पनि यही कार्यालयले अनुगमन गर्नेछ ।