अपांग यूवतीलाई बलात्कार गरेको अारोपमा गाेरखाबाट परियार पक्राउ

पोखरा, भदौ २९ ।
गोरखामा बलात्कारको आरोपमा एकजना युवक पक्राउ परेका छन् । सिरान्चोक गाउँपालिका ८ जौबारी स्थित ब्याखर्ककी अपांगता भएकी २४ बर्षिया महिलालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका २१ बर्षिय सन्तबहादुर परियार पक्राउ परेका हुन् ।

युवती बोल्न नसक्ने र राम्रोसँग हिँडडुल गर्न नसक्ने अवस्थाकी हुन् । गएको २६ गते बलात्कार भएको उजुरी परेको थियो । उजुरीपछि परियारलाई पक्राउ गरि जिल्ला प्रहरी गोरखामा राखिएको छ ।

उनी विरुद्ध जबरजस्ती करणीको उद्योग अन्तरगत अनुसन्धान भइरहेको डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।