अपडेट–पोखरामा पल्टिएको ट्याक्सी चोरेर भाग्दा सडकबाट खस्यो, पौडेलको मृत्यु

पोखरा, कार्तिक २० ।
सोमबार राती पोखराको पुम्दीभुम्दीमा दुर्घटनामा परेको ट्याक्सी चोरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । ग्यारेजमा बनाउन दिईएको ट्याक्सी हराएको थिए । केही दिनअघि ट्याक्सी धनीले ट्याक्सी हराएको उजुरी प्रहरीलाई दिएका थिए ।

सोही ट्याक्सी सोमबार राती दुर्घटनामा परेको हो । दुर्घटनामा अन्दाजी २४ बर्षका सुवास पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । अरु पहिचान खुल्न बाँकी छ । अनुसन्धान भैरहेको वडा प्रहरी कार्यालय बैदामका ईन्सपेक्टर प्रशान्त श्रेष्ठले जानकारी दिए ।

‘पूरै विवरण आईसकेको छैन । तर ट्याक्सी चोरिएको भनेर उजुरी आएको रहेछ । सोही ट्याक्सी राती पल्टिएको बुझ्नमा आएको छ, उनले भने–घटनाबारे अनुसन्धान भैरहेको छ । पूरा विवरण केही समयपछि आउला । हामीले ट्याक्सी धनीलाई पनि बोलाएका छौं ।’

ग १ ज ५४३ नम्बरको ट्याक्सी पोखरा २२ पुम्दीभुम्दी स्थित फलेंटेको मोडमा दुर्घटना भएको हो । ट्याक्सी सडकबाट ५ सय मिटर तल खसेको थियो । ट्याक्सी धनी पोखरा ५ जीरो किलोमिटर बस्छन् ।