अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव समापन जेठमा

पोखरा, वैशाख १६ ।

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको जेठमा हुने भएको छ । महोत्सवको तेस्रो चरणको समापन आउँदो जेष्ठ १७ देखि २० गतेसम्म अन्नपूर्ण म्याराथन सहित विविध प्रतियोगितात्मक र मनोरञ्जनात्मक कार्यक्रमसहित सम्पन्न गरिने आईतबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

“पर्यटनका लागि सबै मौसम” भन्ने मूल नाराका साथ अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–को पूर्वतयारीकै क्रममा महोत्सवको प्रथम तथा द्वितीय चरणमा महोत्सवस्थलमा सञ्चालित कला कार्याशालामा सहभागी वरिष्ठ कलाकारद्वय क्षेत्रलाल कायस्थ र आलोक गुरुङ एवं प्राज्ञ नगेनसिंह ठकुरीले सिर्जना गरेका कलाकृतिको यही वैशाख १८ देखि २४ गतेसम्म काठमाडौस्थित तारागाउँ म्यूजियम (ह्यात रिजेन्सीसँगै) मा प्रदर्शन गर्ने तयारी समेत पूरा भएको छ । प्रदर्शनीमा पानी र तेल रङबाट निर्मित यथार्थवादी कला, अमूर्त कला र त्रिकोणत्मक साँकेतिक कलाको संयोजन पाउन सकिने महोत्सवका संयोजक ललित गुरुङले जानकारी दिए । गुरुङका अनुसार तेस्रो चरणको प्रमुख आकर्षण अन्नपूर्ण म्याराथन हुनेछ । अन्नपूर्ण आधारशिविरबाट आरम्भ भई माछापुच्छ«ृे आधारशिविर, वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुँइल,े टाडापानी, भैंसीखर्क हुँदै घान्द्रुक पुगेर समापन गरिनेछ । अन्नपूर्ण दिवस अर्थात जुन ३ तारिखका दिन फ्रान्सेली टोलीको नेतृत्व गर्दै मौरिस हर्जोगले हिमाल आरोहणको इतिहासमा विश्व इतिहास रच्न सफल भएको ऐतिहासिक दिनको अवसर पारी अन्नपूर्ण म्याराथन आयोजना गरिएको हो । विभिन्न चरणमा म्याराथन प्राविधिक टोलीको अध्ययन प्रतिवेदन अनुसार म्याराथनका लागि यो स्थान उपयुक्त रहेको छ । म्याराथन टप टेनसम्मका धावकलाई सान्त्वना पुरस्कारको व्यवस्था छ । सहभागी सम्पूर्ण धावकलाई पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

महोत्सवका अन्य आकर्षणहरूमा स्थानीय कला शैली र परम्परागत झाँक्री प्रदर्शनी, लोकदोहोरी, डाडाँगाउँ युवा क्लबको नृत्य सहितको साँस्कृतिक कार्यक्रम, भुर्जुङको साँस्कृतिक कार्याक्रम, पर्यटनसम्बनधी वृत्तचित्र प्रदर्शनी, वालन नृत्य (कृष्ण चरित्र) प्रदर्शनी, चित्रकला प्रदर्शनी, घान्द्रुक स्रोत केन्द्र स्तरीय निवन्ध लेखन प्रतियोगिता, घान्द्रुकका अग्रह पर्यटन व्यवसायी सम्मान, अन्नपूर्ण आधारशिविरको महोत्सव उद्घाटन समारोहमा सहभागी पत्रकार सम्मान कार्यक्रम, अन्नपूर्ण आधार शिविर पदयात्रा मार्गका योजनाकार जिम्मी रोवर्टस्को परिवारलाई सम्मान लगायत रहेका छन् ।

महोत्सव सम्पन्न गर्न ५ सय १ जना सदस्य रहेको महोत्सव मुल व्यवस्थापन समिति, विभिन्न २५ वटा उपसमिति गठन गरिएको छ । हाल सम्म ७५ प्रतिशत तयारी पूरा भइसकेको आयोजकले जनाएको छ । यसअघि प्रथम चरण गत असोज २५ गते अन्नपूर्ण आधार शिविरमा एक विशेष समारोहबीच भएको थियो । त्यस्तै महोत्सव दोस्रो चरण तुम ल्होछार विशेष कार्यक्रमका साथ (पुस १० देखि १५ सम्म) छोम्रोङमा सफलतापूर्वक सम्पन्न भैसकेको छ ।