अन्नपूर्णमा एकजना मृत भेटिए

पोखरा, पुस १४ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका १० खुम्ब्रुङ स्थित मोदी खोलाको खोंचमा एकजना मृत भेटिएका छन् । हालसम्म कुनैपनि पहिचान नखुलेको ब्यक्ति मृत भेटिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी खटिएर अनुसन्धान गरिरहेको छ । महिला वा पुरुषको शव भन्ने पनि नखुलेको प्रहरीले जनाएको छ ।