अन्तरिक्ष कक्षमा पुग्यो नेपाली भूउपग्रह

काठमाण्डौं, बैशाख ७ ।
नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ अन्तर्रा्ष्ट्रिय अन्तरिक्षम कक्षमा पुगेको छ । नासाका अनुसार नेपाली भूउपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तरिक्ष कक्षमा सुरक्षित रुपमा डक भएको छ ।

नासाले त्यसको प्रत्यक्ष प्रशारण समेत गरेको थियो । नास्ट र जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजीको सहकार्यमा निर्मित भूउपग्रह अमेरिकाको भर्जि्नियाबाट बिहीबार राती २ः३१ मा अन्तरिक्षतर्फ पठाइएको थियो । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।