अद्भुत बालक–जसले नहेरिकनै चिन्न सक्छन् फोटो, अक्षर र रंग

पोखरा, साउन २ ।
कपिलबस्तुका एक बालकले अद्भुत प्रतिभा देखाएका छन् । नहेरिकन सुँघेर र छामेर उनले अक्षर, फोटो र रंग पत्ता लगाउन सक्छन् ।

रवी लामिछानेले सञ्चालन गर्ने सीधा कुरा जनतासँगको २५० औं शृङखलामा ति बालकले यो प्रतिभा देखाएका हुन् । कपिलबस्तु स्थित होराइजन आवासीय माविको कक्षा ६ मा पढ्ने अविरल पोख्रेलले अद्भुत कला देखाए । उनी ११ बर्षका भए ।

यसअघि पनि आदित्य दाहालले पनि अद्भुत भविष्यबाणी गर्ने र विभिन्न देशका भाषा पनि पत्ता लगाउँथे ।