अटो स्पाको शुभ मुहुर्त

पोखरा, माघ २३ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं. २६ वुढीबजारमा रहेको अटो स्पाले सोमवार देखि एक कार्यक्रमका विच शुभ मुहुर्त गरेको छ ।
कार्यक्रमा नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला व्यवस्था मन्त्री यज्ञवहादुर थापा, टि एन्ड मल्टीनेशनल प्राइभेट लिमिटेड पश्चिमाञ्चल अटो व्यवसायी संघका अध्यक्ष कालिदास पौडेल, ट्रेड यूनियन प्रदेश नं. ४ का संयोज मुराहरी पौडेल, डाडाँकोनाक प्रहरी चौकीका ईन्चार्ज गोविन्द पुरी र लेखनाथ उद्योग वाणिज्य संघका सदस्य शैलेन्द्रमोहन भटट्राईले संयुक्त रुपमा अटो स्पाको उद्घाटन गरेका हुन् ।
व्यवसायी नरेन्द्र थापाले ५० लाख रुपैयाको लगानीमा उक्त स्पा संचालनमा ल्याएका हुन् । अत्याधुनिक मेसिनवाट कार, भ्यान, माइक्रोवस आदि सवारी साधन धुन सकिने उनले बताए ।