२ खेलाडी गुमाउदै पाहुना टोली आहा रारा गोल्डकपको सेमिफाईनलमा

धन बस्नेत
पोखरा, माघ १३ ।
उत्तर बरिन्धरा क्लब बंगलादेश आहा रारा गोल्डकपको सेमिफाईनलमा प्रवेश गर्दा आफना दुई अफ्रिकन खेलाडीलाई गुमाएको छ । सुदुर पश्चिम ११ स्पोर्टिङ क्लबको चुनौतिलाई २—१ ले पन्छाउँदा अन्तिम पाँच मिनेटभित्र आफना दुई खेलाडी रातो कार्डको शिकार भए । सुदुर पश्चिमले पाएको पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा १६ औं सस्करणको आहा रारा गोल्डकपबाट धनगढीको यात्रामा निस्कियो । ७४ औंं मिनेटमा मिदो मासाले गोल गर्दै पाहुना टोलीलाई उत्साहित बनाउँदा दर्शक र सुदुर टोलीमा निराश छायो । सायल्ला सोन्लेमानेले डिबक्सबाट सिधै गोलपोष्टमा हानेको ग्रासबललाई अफसाईड विट गर्दै म्यान अफ दि म्याच मिदोले हल्का टचलाई सेकेण्डबार हुदैं जालीसम्म पु¥याए । खेलमा फर्किने अवसर सुदुरपश्चिमलाई दुई मिनेटपछि मिल्यो । ७६ औं मिनेटमा डिबक्सभित्र जिन्टुको ह्याण्ड भएपछि सुदुरपश्चिमले पेनाल्टीको अवसर पाएको थियो । तर बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका धिरज गुरुङको फितलो प्रहारलाई बंगाली गोलकिपरले सही निर्णय गर्दै बचाउ गरेपछि सुदुर हार तर्फ उन्मुख हुदैं गएको थियो । उनको फितलो प्रहार सुदुर पश्चिमको लागि माफी योग्य नै थिएन् भने दर्शक बराबरी गोलको आशामा हुटिङ गरेका थिए । सुदुर पश्चिमले बंगलादेशको चुनौतिालई रोक्दै आएपनि अर्को गोलको सामना गरेपछि थप निराशा बनाईदियो । मनिर आलमले सेन्टरलाईन नजिकैबाट दिएको पासलाई रातो कार्ड खाँदै बाहिरिनु अघि ८३ औं मिनेटमा सयल्ला सोन्लेमानेले हानेको बल कर्भ हुदैं फष्टबारमा जाली हल्लाउन पुग्यो । जुन गोल सुदुरपश्चिमका गोलकिपरले भेउ नै पाएनन् ।
तर खेलको ८८ औं मिनेटमा विनोद केसीले गोल गर्दै सुदुर पश्चिमको आशा जगाउने प्रयास गरे । तर दुई मिनेटपछि फोर्थ अफिसियले खेल सकिन पाँच मिनेटको समय थपेको संकेत गरे । थपिएको पाँचमिनेटमा बंगलादेशका अफ्रिकन खेलाडीद्वय सोन्लेमाने र कोण्डे लानसाने दुई—दुई पहेलो कार्ड(रातो) खाँदै मैदान छोड्न बाध्य भए । रेफ्री विरुद्ध अभद्र व्यवहार गरेपछि रेफ्री सुदेश पाण्डेले उनीहरुलाई रातो कार्डको दर्शन गराउँदै मैदान बाहिर पठाए । बंगलादेशी टोली जितको खुशी भन्दा पनि खेलाडीको रातो कार्डको पीडामा रुमलिदैं रेफ्रीको विरोधमा उत्रिएका थिए । कोण्डे बंगलादेशका स्टपर हुन भने सोन्लेमाने एट्याकिङ डिफेन्समा खेलेका थिए । खेलको ५८ औं मिनेटमा मनिराम चौधरीले बंगलादेशी खेलाडीको खुट्टाबाट बल खोस्दै हानेको बल गोलकिपरबाट रिफ्लेक्ट हुन पुग्यो । त्यो बललाई पनि हान्न खोज्दा लटपटिएर बाहिर गयो । पहिलो हाफ नहुदैं ४२ औं मिनेटमा पनि विनोद केसीले हानेको ग्रासबललाई डाइभिङ सेभ गर्दै सुदुर पश्चिमलाई कर्नरको अवसर दिए । तर खेर गयो । खेलको १० औं मिनेटमा बंगलादेशी टोलीका नमनको पासलाई मिदो मासाले हानेको बल क्रसबार माथिबाट बाहिरियो । आईतबारको दोस्रो क्र्वाटरफाईनल खेल धरान फुटबल क्लबले नेपाल आर्मीसँग प्रतिस्पर्धा गर्ने छ ।–साभार खेलाडी न्युज डटकम