हिमालययन मतदान केन्द्रको पहिलो मतदाता काँग्रेस उम्मेदवार केसी

पोखरा, मंसिर २१ ।
कास्की निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (ख) का काँग्रेस उम्मेदवार कृष्णबहादुर केसीले पहिलो मतदाताको रुपमा हिमालयन आधारभुत मावि चितेपानीमा मतदान गरेका छन् । उनी सबैभन्दा पहिले मतदान केन्द्रमा पुगेर लाम लागेका हुन् । केसीले मतदानपछि देशमा लोकतन्त्र संस्थागत र आर्थिक उन्नयनका लागि काँग्रेसको जीत अपरिहार्य भएको बताए ।
कास्की काँग्रेसको सभापति समेत रहेका उनी प्रदेशसभाका लागि उम्मेदवार हुन् । मतदाताले आफ्ना अधिकार सही ठाउँमा उपयोग गर्ने भन्दै चुनाव जित्नेमा ढुक्क भएको केसीको भनाई छ ।