सोमबार समाजवादी मोर्चा घोषणा गर्ने शीर्ष नेताहरुबीच सहमति

पोखरा, असार ३ ।
विभिन्न ४ राजनीतिक दल तथा शक्तीहरुबीच समाजवादी मोर्चा घोषणा गर्ने सहमति जुटेको छ । बालुवाटारमा आइतबार बसेको शीर्ष नेताहरुबीचको बैठकमा सोमबार मोर्चा घोषणा गर्न सहमत भएका हुन् ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच एउटै मोर्चा बनाउने सहमति भएको हो । राष्ट्रियसभा गृहमा औपचारिक कार्यक्रम गरेर मोर्चा घोषणा गर्ने तयारी छ ।