सीमा विवादलाई कुटनीतिक बाटोबाट समाधान खोज्न पूर्व राष्ट्रपति यादवको सुझाव

 

सिन्धुली, मंसिर ८ ।

पूर्व राष्ट्रपति डा. रामवरण यादवले भारत र नेपालको सिमा नक्सा विवादमा कुटनीतिक रुपमा समाधान खोज्न सरकारलाई सुझाव दिएका छन् ।

सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा बोल्दै पूर्व राष्ट्रपति यादवले चीन र भारतको युद्धको समयमा भारतलाई अस्थायी रुपमा कालापानीमा बस्न दिएकोमा अहिले भारतले त्यो हाम्रो भन्नु गलत रहेको टिप्पणी गरे ।

उनले कालापानी मात्र नभई लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्र पनि नेपालकै भएकाले यस समस्यालाई सरकारले कुटनीतिक रुपमा समाधान खोज्न सुझाव दिए ।

अर्को प्रसंगमा उनले चुरे वन क्षेत्रको संरक्षणका साथै तराई र भित्री तराईको उर्वराखेती योग्य भूभागको संरक्षण गर्नकालागि आफ्नो कार्यकालमा ल्याईएको राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावकारी नबन्दा समग्र चुरे क्षेत्रमा दोहन बढेको समेत बताए ।
(ईमेजखबरबाट साभार)