सरकार र डा केसीबीच सहमति, उपत्यकामा १० वर्ष नयाँ मेडिकल कलेज नखुल्ने

काठमाण्डौं, साउन १० ।
सरकारी वार्ता टोलीबीच र अनसनरत डा गोविन्द केसी पक्षबीच सहमति जुटेको छ । सहमति अनुसार काठमाडौं उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खुल्ने छैनन् ।

आशयपत्र पाएकाले पनि कि उपत्यका बाहिर खोल्नुपर्ने वा सरकारलाई बेच्नुपर्ने सहमति भएको छ । नयाँ सहमतिपत्र बोकेर सरकारी वार्ता टोलीका सदस्यहरु शिक्षण अस्पताल पुगेका छन् । सहमतिपत्रबारे अनसनरत डा गोविन्द केसीलाई ब्रिफिङ गरेर हस्ताक्षर गर्न टोली शिक्षण अस्पताल पुगेको हो ।