समानुपातिकतर्फ एमाले र कांग्रेसबीचको मतान्तर ५२ हजार मात्र

काठमाडौँ, पुस १ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको पछिल्लो मतगणनामा नेकपा एमाले र नेपाली कांग्रेसबीचको ५२ हजार मतको मात्र अन्तर देखिएको छ । नेकपा एमालेले ५२ हजार मत अन्तरले नेकपा एमालेले अग्रता कायम राखेको छ ।

निर्वाचन आयोग, सूचना प्रणाली व्यवस्थापन शाखाबाट शनिबार बिहान  प्राप्त जानकारीअनुसार एमालेले ३१ लाख १२ हजार ७४७ मत प्राप्त गरेको छ भने नेपाली काँग्रेसले ३० लाख ६० हजार ८५० मत प्राप्त गरेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले १२ लाख ७३ हजार ७७१ र संघीय समाजवादी फोरमले नेपालले चार लाख ५९ हजार ७१ मत प्राप्त गरेका छन् ।

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालले चार लाख ४७ हजार ५२९, विवेकशील साझा पार्टीले दुई लाख ११ हजार ४९३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९३ हजार ८७२ मत प्राप्त गरेको आयोगले जनाएको छ । आयोगका अनुसार हाल सुन्सरी र सर्लाहीको मतगणना जारी छ ।