सदनमा सांसद थापाको गुनासो–पोखरा विमानस्थलबारे शंका उब्जियो

पोखरा, साउन २८ ।
गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले जग्गाधनीको चित्त बुझाएर मात्रै जग्गा अधिग्रहण गरिनुपर्ने माग राखेका छन् । आईतबार सदनलाई सम्बोधन गर्दै उनले जनताको उठिबास लाउन नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

‘पहिले पनि चार पटक सम्म जग्गाधनीहरु विस्तापित हुनुपरेको छ । अहिले फेरी जग्गा अधिग्रहणको कुरा आएको छ, उनले भने–पहिले पनि चलन चल्तिको मूल्यमा एक करोड पर्ने जग्गालाई अत्यन्तै न्यून मूल्यमा जग्गा स्थानीयले दिएका हुन् । अहिले जग्गाधनी अन्यायमा पर्नु हुँदैन ।’ उनले चलनचल्ती अनुसार स्थानीको चित्त बुझाएर भएपनि आयोजनाको काम रोक्न नहुने बताए ।

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि २०३१ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । त्यपछिपछि २०७१ सालमा थप ६ सय २९ रोपनी जग्गा थपिएको थियो । अहिले पनि निजी कम्पनीका लागि ह्यांगर निर्माण गर्नुपर्ने भन्दै आयोजनाले वडा कार्यालयलाई जग्गा मिलाईदिन निवेदन पठाएपछि स्थानीयहरु आन्दोलित भएका छन् ।