विहिबार प्रधानमन्त्रीले गण्डकी प्रदेशसभालाई सम्बोधन गर्ने

पोखरा, साउन १ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विहिबार गण्डकी प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन् । प्रदेशसभा सचिवालयले प्रधानमन्त्रीको सम्बोधन कार्यतालिका तयार गरिसकेको छ ।

उनले अधिकांश प्रदेशसभामा सम्बोधन गरिसकेका छन् । नयाँ संरचना बनेपछि पहिलो पटक प्रधानमन्त्रीले सभालाई सम्बोधन गर्न लागेका हुन् ।