विप्लव माओवादीको बन्दले पोखरा महानगरमा ३० गते हुने ८ कक्षाको परीक्षा स्थगित
पोखरा, फागुन २८ ।
सोमबारबाट सुरु भएको पोखरा महानगर स्तरीय कक्षा ८ को पेशा व्यवसाय र प्रविधि विषयको परीक्षा स्थगित भएको छ । फागुन ३० गते निर्धा्रित सो विषयको परीक्षा चैत ७ गते बिहीबार बिहान १०ः३० सम्मका लागि सारिएको हो ।
महानगरस्तरीय परिक्षा समितिले एक सूचना जारी गरी यसबारे जानकारी दिएको हो । विशेष कारणवश परीक्षा सारिएको उक्त सूचनामा उल्लेख छ । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको नेपाल बन्दका कारण परीक्षा सरेको बुझिएको छ ।
“पूर्वघोषित नेपाल बन्दका कारणले परीक्षा सार्ने निर्णय भएको हो”, शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले भने । महानगर अन्तर्गतका विभिन्न विद्यालयहरुको चासो र सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको आचार्यले जानकारी दिए ।