रोहित र सोमपाल चम्किँदा नेपालको युएईमाथी सानदार जीत

पोखरा, माघ ११ ।
दोश्रो एकदिवसीय क्रिकेटमा नेपालले युएईमाथी सानदार जीत हात पारेको छ । शनिबार भएको दोश्रो खेलमा १ सय ४५ रनको फराकीलो अन्तरले युएईलाई पराजीत गरेको हो । योसँगै नेपालले ३ म्याचको सिरिजमा १ खेल जितेको छ । युएईले पनि १ खेल जितेको थियो । तेश्रो खेल पर्सी हुनेछ ।
नेपालले दिएको २४२ रनको लक्ष्य पछ्याएको यूएईले १९.३ ओभरमा ९७ रन बनाउँदा सबै विकेट गुमायो । नेपालका तर्फबाट बलर सोमपाल कामी एक्लैले ५ विकेट लिए । त्यसैगरी सन्दीप लामिछानेले ४ र करण केसीले १ विकेट लिए ।