राष्ट्रिय फुटबल टोलीको घोषणा (नामावली सहित)

काठमाण्डौं, असोज १८ ।
ताजिकिस्तानविरुद्ध हुने एएफसी एसियन कप छनोट अन्तर्गत समूह ’ऐफ को चौथो खेलका लागि राष्ट्रिय फुटबल टोलीको नामावली सार्वजनिक भएको छ ।
ताजिकिस्तान विरुद्धको पछिल्लो खेलबाट दुई खेलाडी परिवर्तन गरेका छन् । गोलरक्षक विशाल श्रेष्ठको ठाउँमा एलेन न्यौपाने र सुमन लामाको स्थानमा राजेन्द्र रावलले टोलीमा पुनरागमन गरेका छन् ।
टोलीका नियमित कप्तान अनिल गुरुङ चोटका कारण प्रशिक्षणमा उपलब्ध थिएनन् । उनको अनुपस्थितिमा विराज महर्जनले कप्तानी सम्हाल्नेछन् । नेपाली टोलीले असोज २४ गते ताजिकिस्तानको घरेलु मैदानमा खेल्दैछ । यी दुई टोलीबीच गत महिना भएको खेलमा ताजिकिस्तान २÷१ ले विजयी भएको थियो । नेपालको लागि एकमात्र गोल विमल घर्ती मगरले गरेका थिए । नेपाल अंक तालिकाको पुछारमा छ ।
टोलीमा को को परे ?
गोलकिपर—किरण चेम्जोङ, एलन न्यौपाने र विकेश कुथु
डिफेन्डर—बिराज महर्जन, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ र राजेन्द्र रावल
मिडफिल्डर—सुनिल बल, रोहित चन्द, हेमन गुरुङ, विक्रम लामा, सुजल श्रेष्ठ, विशाल राइ र हेमन्त थापा मगर
फरवार्ड—अन्जन बिष्ट, विमल घर्ति मगर, भरत खवास, नवयुग श्रेष्ठ र जर्ज प्रिन्स कार्की