रवि लामिछानेविरुद्ध किटानी जाहेरी, एसएसपीविरुद्ध लेख्नेपनि फन्दामा
भरतपुर, भदौ २ ।
आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीकी श्रीमती सम्झना घिमिरेले सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेल तथा अस्मिता कार्की्विरुद्ध किटानी जाहेरी दिएकी छिन् । उनले प्रहरी परिसर काठमाडौंमा आफ्नो श्रीमानको आत्महत्यामा तीनै जना दोषी रहेको दाबी गर्दै अनुसन्धानका लागि जाहेरी दिएकी हुन् ।
यता प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीविरुद्ध सामाजिक सञ्जालमा अमर्या्दित र भ्रामककुरा लेखेको आरोपमा रिदम बिसी भनिने शंकर बिक पक्राउ परेका छन् । उनले सञ्चारकर्मी ‘रवि लामिछानेलाई फसाउने भ्रष्ट पुलिस यही हो’ भन्दै फेसबुकमा लेखेका थिए । उनलाई अछामबाट पक्राउ गरी काठमाडौं झिकाइएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।