यू–१८ राष्ट्रिय फुटबल टिम घोषणा (को-को परे टीममा )

काठमाण्डौं, भदौ २८ ।
भुटानमा हुने यू–१८ साफ च्याम्पियनसिपका लागि नेपाली युवा टिम घोषणा गरिएको छ। युवा टिमका प्रशिक्षक छिरिङ लोप्सानले बुधबार २३ सदस्यीय टिम घोषणा गरेका हुन्। नेपाली टिमको कप्तानी गोलकिपर अर्पण श्रेष्ठले गर्नेछन्। फरवार्ड प्रेजेन तामाङलाई उपकप्तानको जिम्मेवारी दिइएको छ।
यसअघि ललित मेमोरियल यू–१८ च्याम्पियसिपबाट छानिएका ७४ खेलाडी पहिलो चरणमा छनोट भएका थिए। दुई महिनाको प्रशिक्षणपछि अन्तिम टोली घोषणा गरिएको हो। २ असोजबाट भुटानमा हुने प्रतियोगितामा नेपालसहित सार्क क्षेत्रका ५ टोलीबीच प्रतिस्पर्धा हुनेछ। पाकिस्तान र श्रीलंकाले प्रतियोगितामा भाग लिएका छैनन्।
नेपालले पहिलो खेल ४ असोजमा भुटानसँग, ६ असोजमा माल्दिभ्ससँग, ९ असोजमा बंगलादेशसँग र १२ असोजमा भारतसँग प्रतिस्पर्धा गर्नेछ। राउन्ड रोबिन लिगको आधारमा हुने प्रतियोगितामा सर्वाधिक अंक बटुल्ने टोली च्याम्पियन बन्नेछ।
यस्तो छ नेपाली टोली
गोलकिपर-सन्देश गुरुङ, अभिषेक बराल, अर्पण कार्की
डिफेन्डर-सुमन अर्याल, विश्वास उदास, रोसन लिम्बु, आकाश श्रेष्ठ, असिम भुसाल, विकास खवास, निराजन महर्जन, राजन गुरुङ
मिडफिल्डर-दिनेस हेन्जन, असोक मगर, अभिषेक रिजाल अरिक विष्ट, अनिल महर्जन, सेसेहाङ आङ्दाम्बे, राजिव लोप्चन, राम वेन्जी
फरवार्ड-धिरज श्रेष्ठ, रिजेन सुब्बा, प्रेजेन तामाङ, दिपेस आलेमगर
प्रमुख प्रशिक्षक-छिरिङ लोप्साङ
सहायक प्रशिक्षक-पुष्कर शाही
गोलकिपर प्रशिक्षक-मृगेन्द्र मिश्र
टिम म्यानेजर-गणेश चन्द