यसपटकको मत हामीलाई दिनुस्–रवीन्द्र र करण

पोखरा, मंसिर १२ ।
बरिष्ठ लोक गायीका हरिदेबी कोइरालाले लोकतान्त्रिक गठबन्धनका नेताहरुलाई जितको शुभकामना दिएकी छन् । बरिष्ठ गायीका कोइरालाले चुनावी घरदैलोका क्रममा पुगेका बाम गठबन्धनका कास्की क्षेत्र नम्बर २ का प्रतिनीधि सभाका उम्मेद्वार रबिन्द्र अधिकारी, कास्की २ को प्रदेश क्षेत्र नम्बर २ का प्रदेश सभा सदस्यका उम्मेद्वार राजकाजी गुरुङ ‘करण’सहित समानुपातिक उम्मेद्वारहरुलाई जितको शुभकामना दिएकी हुन् ।
घरदैलोका क्रममा पुगेका उम्मेद्वारहरुलाई माला, खादा र अवीर लगाईदिदै बरिष्ठ गायीका कोइरालाले आफ्नो परिवारको भोट बाम गठबन्धनलाई दिने बचन दिईन् । बर्षौं पहिलेदेखी कम्युनिष्टहरु मिलेको देख्न पाए हुन्थ्यो भन्ने लागेको र अहिले त्यो पूरा भएकाले अब कम्युनिष्टको एकमना सरकार बनेको हेर्ने चाहना पनि चाँडै पूरा हुने विश्वास व्यक्त गरिन् । कम्युनिष्टले मात्र जनताको भलो गर्ने भन्दै उनले आम जनतालाई पनि बाम गठबन्धनको पक्षमा उभिन अपिल गरेकी छिन् ।
यसैबीच, बाम गठबन्धनका उम्मेद्वारहरु रबिन्द्र र करणसहितले आइतबार पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ४ स्थित गैह्रपाटन, सिद्धार्थचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल क्षेत्रमा घरदैलो गरे । उनीहरुले पटक÷पटक कांग्रेसले बहुमतको सरकार चलाउँदा गरिबी, बेथिती र महङ्गी मात्र बढाएका एकपटक तर अन्तिमचोटी विकास र समृद्धीका लागि कम्युनिष्टलाई विश्वास गरेर बिजयी गराई दिन आग्रह गरेका थिए ।