मोटरसाईकल सिक्ने क्रममा भिरबाट खसेर २४ वर्षीय मिलनको ज्यान गयो

धनकुटा, माघ २५ ।
मोटरसाईकल सिक्ने क्रममा दुर्घटना हुँदा धनकुटामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वर्षीय मिलन कार्की रहेका छन् । धनकुटाको चौविसे गाउँपालिका–८ का कार्कीको मोटरसाईकल सिक्ने क्रममा भीरबाट खसेर मृत्यु भएको बताइएको छ ।
मोटरसाईकल दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । यस्तै, उक्त प्रदेश नम्बर १ मै पर्ने तेह्रथुममा घर छाउने क्रममा लडेर २८ वर्षीय बेदप्रकाश लिम्बूको मृत्यु भएको छ ।