भागबन्डा मिलाउन फेरि मन्त्रालय टुक्र्याइँदै
काडमाण्डौं, साउन १० ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी गरेकोलाई आज नयाँ पत्रिका दैनिकले छापेको छ ।
समाचार अनुसार, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर कृषि विकास र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गठन गर्ने तयारी छ ।
कृषि विकास, पशुपंक्षी विकास, भूमिसुधार तथा व्यवस्था र सहकारी तथा गरिबी निवारण गरी चार मन्त्रालय गाभेर ओली सरकारले कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाएको थियो ।
नयाँ बन्ने मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई फुलमन्त्री बनाएर ल्याउन लागिएको छ । अर्याललाई फुलमन्त्री बनाएपछि फोरमबाट एक सांसदलाई राज्यमन्त्री बनाइने छ ।