बालिका बलत्कार प्रयासको आरोपमा वडा सचिव पक्राउ
कैलाली, बैशाख ७ ।
कैलालीमा बालिका बलत्कार प्रयास गरेको आरोपमा वडा सचिव पक्राउ परेका छन् । प्रहरीले घोडाघोडी नगरपालिका( ४ र ९ मा कार्यरत वडा सचिव यज्ञराज आचार्यलाई पक्राउ गरेको हो ।
५० वर्षीय आचार्यलाई १२ वर्षिया बालिकामाथि बलात्कार गर्ने प्रयास गरेको आरोप लागेको छ । शुक्रबार राति साढे ११ बजे तिर घरमै सुतिरहेको अवस्थामा आचार्यले बालिकालाई बलात्कार प्रयास गरेको बताईएको छ ।
आरोपित आचार्यलाई यौन दुर्व्यवहारअन्तर्गत मुद्दा चलाइने इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्षराज जोशीले बताए ।