बामको घरदैलो अन्नपूर्णमा

पोखर, मंसिर १२ ।
बाम गठबन्धनका साझा उम्मेदवारहरुले चुनावी घरदैलो अभियानलाई तीब्र पारेका छन् । आज बिहान देखि शुरु भएको कास्कीको अन्नपुर्ण गाउपाकिा १अन्र्तगत अधिकारीडाँडा, नौडाँडा,लेवाडे, फल्लापानी, भिरमूनि लगायतका ठाउँमा कोण सम्पन भएको छ । बामगठबन्धन वडाका संंयोजक लक्ष्मी अधिकारीको अध्यक्षतामा भएको कोण सभामाप्रदेश नं ४ का सह संयोजक गणेश तिमिल्सिनाले अगामी २१ गते हुन लागेको निर्वाचनमा बामगठबन्धनका सम्पूर्ण उम्मेदवारहरुलाई बिजयी गराई नेपालमा ६÷६ महिनामा सरकार परिर्वत हुने प्रबृत्तिबाट छुटकारा पाउनका लागि पनि आफनो मत बामगठबन्धनलाई दिन आग्रह गरे । जसअन्र्तगत कास्की क्षेत्र नं ३ प्रतिनिधि सभाका जगत विश्वकर्मा र प्रदेशसभा ख अन्र्तगत प्रदेश सभाका उम्मेदवार राजिव पहारी आईतबार अन्नपूर्ण गाउँपालिकाको अधिकारीडाँडा, नौडाडा, लेवाडे, भीरमुनी लगायतका ठाउँहरुमा घरदैलोमा पुगेर स्थानीयहरुसंग मत मागेका छन् । ती स्थानहरुमा आयोजित कोणसभामा बोल्दै प्रतिनिधिसभाका उम्मेदवार जगत विश्वकर्माले बाम गठबन्धनले स्थायी सरकार, शान्ति, सुव्यवस्थाको ग्यारेण्टी गर्ने बताए । त्यस्तै क्षेत्र नं ३ प्रदेशसभा २ का उम्मेदवार राजीव पहारीले पूरानो परम्पराबादी सोँच त्यागेर नयाँ यूगमा प्रवेश गर्नका निमित्त बाम गठबन्धन आवस्यक भएको र यसलाई सम्पूर्ण जनताहरुले अनुमोदन गरी विजयी बनाउने विश्वास व्यक्त गरे । सो अवसरमा अन्य पार्टीमा क्रियाशिल रहेका करिब ५० जना बाम गठबन्धनमा प्रवेश गरेका थिए । कार्यक्रममा समानुपातिक उम्मेदवार सिता गिरी ओली, दुर्गा विक लगायतले पनि बोलेका थिए । क्षेत्र नं ३ बाम गठबन्धन निर्वाचन परिचालन कमिटीका संयोजक लक्ष्मी अधिकारी,समानुपातिक उम्मेदवारहरु मित्रकुमारी गुरुङ (सुवेदी) पुष्पा केसी भण्डारी, नेताहरु पुण्य पौडेल, गोविन्द अधिकारी, भीमलाल भुँगाई, दिनेश नेपाली, अनेरास्बियू कास्कीका अध्यक्ष शेखर गौतम पृथ्बीनारायण क्याम्पस प्रा.क.का अध्यक्ष बिबेक देबकोटा, षेत्र नं ३ का सामाजिक सञ्जाल परिचालन संयोजक जर्नादन सुबेदी लगायतको पनि सहभागिता थियो ।