बाबुरामले एमालेको घाम चिह्नबाट चुनाव लड्ने

काठमाण्डौं, असोज १७ ।
निर्वाचन आयोगले छुट्टै चुनाव चिह्न नदिएपछि नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले एमालेको सूर्य चिह्नबाट चुनाव लड्ने भएका छन् । नयाँ शक्ति पार्टीले संघ र प्रदेशमा एमालेको सूर्य चिह्नबाट चुनाव लड्ने भएको हो ।

मंगलबार एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकता सहमति भएको थियो । लगतै एमाले अध्यक्ष ओलीले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईसँग कुराकानी गरेका थिए । नेताहरुबीच एमाले र माओवादीबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भएको छ ।
साथै नयाँ शक्तिले आगामी चुनावमा सूर्य चिन्हबाटै चुनाव लड्ने सहमति भएको छ । एमाले र माओवादीबीच भने चुनाव चिन्हबारे सहमति हुन बाँकी छ । सूर्य चिन्हबाट चुनाव लड्दा फरक दलको अस्तित्व नहुने भएपछि माओवादी तालमेल गरेर आफ्नै चुनाव चिन्ह हँसिया हथौडा लिएर चुनावमा जाने योजनामा छ ।