बस दुर्घटनामा २९ जनाको मृत्यु

एजेन्सी, बैशाख ६ ।
पोर्चुगालको मडिरा द्विपमा एक बस दुर्घटनामा जर्मनीका २९ पर्यटकको मृत्यु भएको छ । उक्त बस सडकबाट चिप्लिएर गुल्टिँदै एक घरमा ठोक्किन पुगेको सन्चार माध्यमले जनाएको छ । जर्मन सरकारका प्रवक्ताले उक्त दुर्घटनालाई लिएर मडिराबाट आएको भयानक समाचार आएको बताएका छन् ।

दुर्घटनामा १७ महिला र अन्य ११ जनाको मृत्यु भएको र अन्य २१ जना घाइते भएको सान्ता क्रुजका मेयरले जानकारी दिए । एकजना घाइते महिलाको अस्पतालमा मृत्यु भएको चिकित्सकले बताएको छ । पोर्चुगालका राष्टपति मार्सेलो रेबेलो डिसुजाले घटना प्रति दुख ब्यक्त गर्दै परिवार प्रति समवेदना प्रकट गरेका छन् ।