बसको ढोकाबाट खसेर दुईजना घाईते

पोखरा, मंसिर १९ ।
तनहूँको ब्यास नगरपालिका ६ स्थित भित्री सडकमा बसको छतबाट खसेर दुईजना घाईते भएका छन् । १९ बर्षका आशिस कुवँर र मिलन परियार ढोकाबाट खसेर घाईते भएका हुन् ।

उनीहरुको रत्नहरी अस्पताल दमौलीमा उपचार भैरहेको छ । बसर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।