प्रधानमन्त्री देउवा पोखरा आउँदै

पोखरा, कार्तिक १० ।
प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवा पोखरा आउने भएका छन् । शनिवार पोखरामा हुने बृहत पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्न उनी शनिवार पोखरा आउन लागेका हुन् ।
शनिवार विहान साढे ८ बजे उनले पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा विभिन्न पार्टी परित्याग गरेका ब्यक्तिहरुलाई काँग्रेस प्रबेश गराउनेछन् । १ हजार भन्दा बढी ब्यक्ति काँग्रेस प्रबेश गर्ने तयारी रहेका कास्की काँग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए ।
पोखराका धरोहर, उद्योगपति सूर्य बहादुर केसी पनि शनिबार नै काँग्रेसमा प्रबेश गर्ने कार्यक्रम छ । केसीले विहिबार पोखरामा पत्रकार सम्मेलन गरी आँफु काँग्रेसमा प्रबेश गर्ने तयारीमा रहेको घोषणा गरिसकेका छन् ।
प्रधानमन्त्री देउवा शनिवार नै काठमाण्डौं फर्कने छन् ।