प्रदेश ४–फागुन ३ गते सभामुखको निर्वाचन (को बन्दैछ सभामुख ?)

पोखरा, माघ २२ ।
प्रदेश नम्बर ४ को प्रदेशसभा सभामुखको निर्वाचन आगामी फागुन ३ गते हुने भएको छ । आज बसेको प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गते दिउँसो १ बजे निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकले अन्तरिम कार्यविधि पारित पनि गरेको छ ।
वाम गठबन्धनबीचको भागबण्डामा मुख्यमन्त्री एमाले र सभामुख माओवादी केन्द्रले पाउनेछन् । माओबादीबाट हरिबहादुर चुमानलाई सभामुख बनाउने चर्चा बढी छ । यसअघि आसा कोइरालाको नाम अगाडी आएपनि केन्द्रीय कमिटिले चुमानलाई सभामुखमा अघि सार्न लागेको बुझिएको छ । ‘पहिले अवसर पाईसकेका नेताहरुलाई दोहोर्याउने सम्भावना छैन । नयाँ अनुहार खोज्दा हरिजी सभामुखको बलियो दावेदार हुनुहुन्छ, माओबादी श्रोतले भन्यो–अरु विकल्प निस्किन सक्छ । तर अहिलेसम्म वहाँ नै अन्तिम जस्तो हो ।’ आशा खनाल यसअघि नै महिला विकास मन्त्रालयको राज्यमन्त्री भैसकेकी छिन् ।