प्रदेश ४-कसरी चल्छ पहिलो बैठक ?

पोखरा, माघ १८ ।
प्रदेशका जेष्ठ सांसद जनकलाल श्रेष्ठको अध्यक्षतामा बैठक प्रारम्भ हुन्छ । नयाँ सभामुख निर्वाचित नहुँदासम्म उनी नै प्रदेश ४ को लागि सभामुख हुन् । सभा सुरु भैसकेपछि श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाउने छन् । त्यसपछि मौन धारण हुनेछ । प्रदेशसभा सञ्चालनको कार्यविधीबारे बैठकमा प्रश्ताव पेश हुनेछ । त्यसमाथी छलफल गरेर बैठकले पारित गर्नेछ । दलगत रुपमा सांसदले पालैपालो बोल्नेछन् । उनीहरुको बोल्ने समय बैठक अगाडी नै निर्धारण भैसकेको हुनेछ । सम्भव भएसम्म सोही दिन सभामुख र उपसभामुखको निर्वाचन मिति तोकिने छ । बैठक अगाडी १९ गते कर्मचारीहरुले प्रदेशका जेष्ठ सदस्य जनकलाल श्रेष्ठसँग भेट गर्नेछन् ।
२० गते सर्वदलीय बैठक बसेर सांसदको बर्णानुक्रम निर्धारण हुन्छ । सोही दिन परिचयपत्र र कार्यविधीको मस्यौदा छपाईको बारेमा पनि छलफल हुन्छ । २१ गते रिहल्सल गरेर २२ गते विहान ११ बजे प्रदेश नम्बर ४ को पहिलो बैठक प्रारम्भ गरिनेछ । बैठकको समय पनि सर्वदलीय बैठकले निधो गर्नेछ । सभा ब्यवस्थापनका लागि ३० जना मर्यादापालकको ब्यवस्था गरिएको छ ।