प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न केहीबेरमै मन्त्रिपरिषद् बैठक

काठमाडौं, माघ ३ ।
प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न आज बिहान मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुखको नियुक्तिमा दलीय सहमतिको अन्तिम प्रयास गरे सफल हुन नसकेपछि हिजो बैठक बस्न सकेको थिएन । उनले एमाले र माओवादी केन्द्रका नेतासँग औपचारिक संवादको प्रयास गरे पनि संवाद हुन सकेन ।
बैठक बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । दलीय सहमति जुट्न नसक्दा सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न ढिलाइ गरेको छ । एमाले र माओवादी केन्द्रले संवैधानिक रुपमा प्रदेश प्रमुख र अस्थायी राजधानी निर्धारण गर्ने अधिकार सरकारलाई मात्र भएको बताउँदै त्यसमा आफ्नो सहमति नचाहिने बताउँदै आएका छन् ।