प्रदेशसभामा कसरी छिर्छन् सांसद ? (यस्तो छ प्रक्रिया)

पोखरा, माघ २२ ।
प्रदेशसभाको बैठकका लागि सांसदहरुलाई तीनखाले पोसाक लाउने छुट छ । नेपाली पोसाक, कोट पाईण्ट वा आफ्नो सांस्कृतिक पहिचान झल्काउने रैथाने कपडा । यि तीनमध्ये जुन ड्रेसमा छिरेपनि पाईन्छ । महिलाका लागि चौवन्दी चोली र साडी वा सांस्कृतिक पहिचान दिने जातिगत पोसाक लाउने छुट दिईएको छ । उनीहरु संसद सचिवालयबाट जारी भएको प्रबेश पास देखाएर गेटबाट संसद परिसरमा छिर्नेछन् । बैठक कक्षबाट ५ मिनेट लामो घण्टी बज्नेछ । यो अवधीमा सांसदहरु बैठकहलको ढोकामा उपस्थिती जनाएपछि बाँया पट्टिबाट हलमा प्रबेश गर्नेछन् । हल छिर्ने भुईँमा रातो कार्पेट ओछ्याईएको छ । भित्र पुगिसकेपछि पार्टीगत रुपमा छुट्टाछुट्टै बस्ने कुर्ची मिलाईएको छ । पहिलो र तेश्रो दल सभामुखको दायाँतिर बस्नेछन् भने दोश्रो र अरु बाँकी दल बाँयातिर बस्नेछन् । त्यसपछि बैठक आरम्भ हुनेछ । प्रदेश प्रमुखले पठाएको पत्र सभाध्यक्षले बाचन गरेर सुनाउने छन् । त्यसपछि प्रदेसशभा सञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित हुनेछ । कार्यविधि पास भएपछि पूर्व निर्धारित सांसदहरुलाई पालै पालो बोल्ने समय दिईनेछ । अनि सभामुख र उपसभामुखको निर्वाचन मिति तय गरिनेछ । यति काम सकेपछि पहिलो बैठकका कार्यसूची पूरा हुनेछ ।
शनिबार सर्वदलीय बैठकले फागुन ३ गते सभामुख र ६ गते उपसभामुखको चुनाव गर्ने मौखिक सहमति गरेको छ । बैठकअघि सोमबार विहान १० बजेपनि सर्वदलीय छलफल बोलाईएको छ । छलफलमा बैठकको कार्यसूचीबारे थप छलफल गरी आन्तरिक समहमति जुटाईने प्रदेसशभा सचिवालयले जनाएको छ ।