पौडी खेल्दा मर्स्याङदीले बगायो ३ जनालाई, एकको उद्धार

पोखरा, साउन १९ ।
लमजुङको बेशीशरण नगरपालिका १ दलालस्थित मस्र्याङदी नदीमा पौडी खेल्ने क्रममा २ जना बेपत्ता भएका छन् । ३ जना पौडी खेल्न गएका र तीनैजना बेपत्ता भएकोमा प्रहरीले १ जनाको उद्धार गरेको छ । बाँकी २ जना हराईरहेका छन् ।
बेशिसहर ६ मकैडाँडाका १५ बर्षिय रमेश रिमालको उद्धार भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा मस्र्याङदी गाउँपालिका ९ सिमपानीका १६ बर्षिय अजित थापा र बेशीसहर नगरपालिका ६ मकैडाँडाका १५ बर्षिय योगेन्द्र रिमाल छन् ।
उनीहरुको खोजी चलिरहेको प्रहरीले जनाएको छ ।