पोखरा र आसपासमा हिमपात, ५ फिटसम्म हिउँ जम्यो

पोखरा, माघ २६ ।
आसपासका क्षेत्रमा व्यपाक मात्रामा हिउ परेको छ । पोखरा महानगरपालिका वडा नम्बर २३ पञ्चासे, अन्नपुर्ण गाउँपालिकाको लुम्ले र अष्टेलियन क्याम्पमा बाक्लो रुपमा हिउँ परेको छ ।

पञ्चासेमा करिब ५ फिट र अष्टेलियन क्याम्पमा करिब १ फिट बाक्लो हिउ जमेको छ । पोखराबाट नजिकै भएका कारण लुम्ले, पञ्चासे र अष्टेलियन क्याम्पमा पोखराबाट युवायुवती हिउ खेल्न त्यहाँ पुगेका छन् ।

यस्तै, मादी गाउँपालिका १ सिक्लेसमा पनि बाक्लो हिउँ जमेको पत्रकार देवीजंग गुरुङले जानकारी दिए । हिउँले गाउँलाई ढाकेर सेताम्मे भएको छ । हिउँ परेसँगै गाउँलेहरु र पर्यटकहरु खुशिले हिउँमा रमाइरहेका छन् ।

एक साता अघि गाउमाथि रिसिङ डाँडासम्म हिउँ परे पनि आज भने गाउँमै हिउँ परेको हो । सरकारले सिक्लेसलाइ पर्यटकिय गाउँ घोषणा गरे लगतै पर्यटकहरु वढेको र झन हिउँ पर्ने भएपछि अझ वढ्ने अनुमान गरिएको छ ।