पोखरा अमरसिंहचोकको आइल्याण्ड पनि भत्काइयो

पोखरा, असोज ३० ।
चोकमा राखिएका भद्धा आइल्याण्ड भत्काउने महानगरको अभियान तिब्र छ । सोमबार राती अमरसिंह चोकमा रहेको आइल्याण्ड पनि भत्काईएको छ । ट्राफिक ब्यवस्थापनमा समस्या भएपछि महानगरले सरोकार वाला निकायसँगको सहकार्यमा आइल्याण्ड हटाएर आधुनिक आइल्याण्ड राखेको छ ।
पोखराको मूख्य पृथ्बीचोक स्थित आइल्याण्ड भत्काएको केहि दिनमै अर्को चोक अमरसिंहमा रहेको आइल्याण्ड भत्काइएको छ । सोमबार साँझ अमरसिंहचोकको आइल्याण्ड भत्काइएको हो । पृथ्बीचोकको आइल्याण्ड भत्काएपछिको विवाद उच्च अदालतसम्म पुगेपछि अदालतले कारण देखाउ आदेश जारी गरेको थियो ।
यसअघि पोखराकै जिरो किलोमिटरमा रहेको आइल्याण्ड भत्काइएको थियो । पोखराका अन्य चोकमा रहेको आइल्याण्ड पनि भत्काउने र चोकमा राखिएका विभिन्न ब्यक्तिका शालिकलाई पार्कमा लगेर ब्यवस्थापन गर्ने योजनामा पोखरा लेखनाथ महानगरले बनाएको छ ।