पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गर्ने तयारी, मन्त्रीपरिषदमा लगिँदै प्रश्ताव

पोखरा, असार २४ ।
गण्डकी प्रदेशको राजधानी पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । पर्यटन मन्त्रालयले उक्त प्रश्ताव मन्त्रीपरिषद्मा लैजान लागेको छ । पर्यटन मन्त्री जीवनराम श्रेष्ठले पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणाका लागि आगामी मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजाने तयारी गरेको जानकारी दिए ।

पर्यटकीय राजधानी घोषणा गर्नका लागि प्रक्रिया छिट्टो अगाडि बढाउनका लागि ध्यानाकर्षण गराउन मन्त्रालय पुगेका पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई मन्त्री श्रेष्ठले आश्वस्त पार्दै आगामी मन्त्रीपरिषद् बैठकबाट उक्त प्रश्ताव पारित हुने बताए ।