पोखरामा राखेप च्याम्पियनसिप भलिबल, तयारी सकियो

धन बस्नेत
पोखरा, पुस ९ ।
राष्ट्रिय खेलकुद परिषद(राखेप) च्याम्पियनसिप अन्तर्गत भोलि मंगलबारदेखि पोखरामा २१ औं महिला तथा ३१ ओं पुृरुष राष्ट्रिय भलिबल प्रतियोगिता शुरु हुदैै छ । महिला तर्फ शसस्त्र प्रहरी बलले पुर्वाञ्चलसित उदघाटन खेल खेल्दै पोखरामा राष्ट्रिय खेलकुद परिषद च्याम्पियन महिला भलिबल प्रतियोगिता शुरु हुने छ । पुरुष तर्फ पनि विभागिय टोली अर्थात सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको विजेता त्रिभुवन आर्मी क्लबले पुर्वाञ्चलसित उदघाटन खेल खेल्ने छ ।
महिला तर्फ पश्चिमाञ्चलको टोलीले सुदुर पश्चिमाञ्चलसित तेस्रो खेल खेल्ने छ । त्यस भन्दा अघि मध्यामाञ्चल र मध्य पश्चिमाञ्चल बीचको प्रतिस्पर्धा हुने क्षेत्रीय भलिबल संघ पोखराका सचिव डिबी नेपालीले आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । दुई विभागिय टोलीको प्रतिस्पर्धा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मीसित सोमबारको महिला तर्फको अन्तिम खेल खेल्ने छ ।
पुरुष तर्फ भने घरेलु टोलीले तेस्रो खेल मध्यमाञ्चलसँग प्रतिस्पर्धा गर्ने छ । शसस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदुर पश्चिमञ्चलसँग दोस्रो खेल खेल्ने छ । नेपाल पुलिस क्लबले पनि मध्य पश्चिमसँग अन्तिम खेल खेल्दै पहिलो दिनको खेल टुग्याउने छ ।
सन २००१८ माअ आयोजना हुने १७ औं एशियाली खेलकुद तथा सन २०१९ को आयोजना हुने दक्षिण एशियाली खेलकुद प्रतियोगिताको पुर्व तयारीको लागि आयोजित प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टोलीको सहभागिता रहेको छ । प्रतियोगिताबाट महिला तथा पुरुष राष्ट्रिय टोलीको लागि खेलाडी छनोट गरी बन्द प्रशिक्षण राखी १२ जना खेलाडी छनोट गरिने नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङले बताए ।
१९ लाख रुपैयाँ खर्च हुने प्रतियोगिताको लागि राखेपले केवल साढे छ लाख रुपैया मात्रै उपलब्ध गराएको बुझिएको छ । प्रथम हुने महिला तथा पुरुष टोलीले नगद ५० हजार र उपविजेताले ३० हजार तथा तेस्रो स्थानमा रहने टोलीको भाग्यमा २० हजार रुपैयाँ नगदसहितका पुरस्कार पाउने छन् । उत्कृृष्ठ खेलाडी, बेष्ट अफ फाईभलाई पनि पुरस्कृत गरिने प्रतियोतिगाका संयोजक राजकुमार गुरुङले बताए । तीन दिनसम्म चार चार खेल खेलाईने छ । बेष्ट अफ फाईभको आधारमा खेलाईने छ । राखेपको आयोजना, नेपाल भलिबल संघको व्यवस्थापन तथा पश्च्मिाञ्चल क्षेत्रीय भलिबल संघको संयोजनमा आयोजित प्रतियोगिताको उदघाटन भने खेलकुद मन्त्री राजन केसीले गर्ने छन् ।