पोखरामा मोटरसाईकल दुर्घटनाः एकको मृत्यु, एक घाईते

पोखरा, भदौ १ ।
पोखराको औद्योगिक क्षेत्रमा शनिबार राती मध्ये रातमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । राती १ बजेर ३२ मिनेट जादाँ दुई मोरसाइकल ठोकिएका थिए । ग१०प ४७५० र ग४प २२५४ नम्बरका मोटरसाइल ठोकिदा दुबै मोटरसाइकलका चालक घाइते भएका हुन् ।

घाइते भएका दुबैको पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल उपचार लागि लगिए पनि त्यहाँ उपचार हुन नसेको पछि पोखराको फिष्टेल अस्पतालमा पु¥याएको कास्कीका प्रहरी प्रवक्ता राजन केसीले जानकारी दिए ।

फिष्टेल अस्पतालमा चिकित्सकले पोखरा १३ का देवदास गुरुङलाई मृत घोषणा गरेका थिए । अर्का मोटरसाइकल चालक पोखरा २६ बुढिबजारका अनिल अधिकारीको अहिले पोखराका गण्डकी मेडिकल कलेजको आसियुमा उपचार भईरहेको केसीले जानकारी दिए ।

अधिकारी पोखराबाट लेखनाथ जादै थिए भने गुरुङ चाउथेबाट अमरसिंहचोक तर्फ आउनदै गर्दा दुर्घटना भएको उनले बताए । दुर्घटनाका बारेमा थप अनुसन्धान भईरहेको उनले बताए ।