पोखरामा मोटरसाईकलले कारलाई ठक्कर दिँदा ३ जना घाइते

पोखरा, बैशाख ५ ।
पोखरामा मोटरसाईकलले कारलाई ठक्कर दिँदा ३ जना घाईते भएका छन् । पोखरा २९ सैनिकबस्तीमा ग १२ प ३०५० नम्बरको मोटरसाईकलले बा १० च ६४७१ नम्बरको कारलाई पछाडीबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाईकल चालक धादिङ बेनीघाट गाउँपालिका ८ घर भई हाल पोखरा महानगरपालिका १४ चाउथे बस्ने ३२ बर्षका बिनोद मरहठ्ठा, सोहि मोटरसाईकलको पछाडी सवार २६ वर्षिय दिल गुरुङ र सोही मोटरसाईकलमा सवार २८ वर्षिय सुर्य मरहठ्ठा घाईते भएका छन् ।

घाईतेको उपचार भैरहेको छ । कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

File Photo