पोखरामा मेगाजीम

पोखरा, पुस २८ ।
पोखरामा नयाँ जीमखाना सुरु भएको छ । पोखराका खेलाडी र सर्वसाधारणलाई ध्यानमा राखेर मेगाजीम सुरु गरिएको सञ्चालकले जनाएका छन् । जीमखानामा अत्याधुनिक मेसिन प्रयोग हुने र अन्तराष्ट्रिय मापदण्डको भएको सञ्चालकको दावी छ । करिब २ करोड लागतमा जीमखाना सुरु गरिएको अध्यक्ष नवीन श्रेष्ठले जानकारी दिए । जीमखाना उद्घाटनको सुरुवाती अवस्थामा छुट स्किम पनि सार्वजनिक गरिएको छ । ‘हामीले बार्षिक र अर्धबार्षिक भनेर क्याटोगोरी छुट्याएका छौं । अग्रिम पैसा तिर्नेलाई बिषेश छुट पनि राखिएको छ, अध्यक्ष श्रेष्ठले भने–यो जीमहल पोखरामै सबैभन्दा धेरै कार्डियो मेसिन राखेर सुरु गरेका छौं । सबै मेसिनहरु अमेरिकन ब्राण्डको छ ।’
खानपान र स्वास्थ्यलाई ब्यस्तताले ब्यवस्थापन गर्न नसकेका उपभोक्तालाई जिमहल बिशेष उपयोगी हुने अर्का सञ्चालक केशव उदास बताउँछन् । ‘अहिलेको आधुनिकताले शहरोन्मुख बसाई बढेको छ । मान्छेहरुको जीवनशैलि र खानपान निकै फेरिएको पनि छ, उनले भने–स्वास्थ्यलाई नियमित स्वस्थ बनाउने हाम्रो उद्देश्य हो ।’ जीमहलमा पोखरामै पहिलो पटक मुवेथाई बक्सिङको ब्यवस्था गरिएको छ भने जुम्बापनि सँगै सञ्चालन हुने सञ्चालक समितिले जनाएको छ । ५ जना युवा ब्यवसायीको संयुक्त लगानीमा जीमहल सञ्चालन गरिएको हो ।

जुम्बा, जीम र मुवेथाई तीनवटै विधामा राष्ट्रिय स्तरका प्रशिक्षकले प्रशिक्षण दिनेछन् । जिमहल उद्घाटनको अवसरमा जीमका लागि आवश्यक सामग्री खरिद गर्दा १० प्रतिशत छुटको अफर सञ्चालकले ल्याएको छ । यस्तै सिद्धार्थचोककै फिटनेस स्काई स्पोर्टस्बाट सामान खरिद गर्दा २५ प्रतिशत छुट पाउने अध्यक्ष नवीन श्रेष्ठले जानकारी दिए । जीमहलको माघ १ गते औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।