पोखरामा भीषण पानी, बाटो तर्नै मुश्किल (भिडियो)

पोखरा, भदौ १७ ।
पोखरामा पानी परेपछि बाटो तर्नै समस्या हुन्छ । नालिको राम्रो ब्यवस्थापन नहुँदा आकाशबाट झरेको पानी सडकबाटै बग्छन् । खासगरी पालिखेचोक, रत्नचोक, सिर्जनाचोक, सभागृहचोक, अमरसिंह चोकमा पानीको भेल ठूलो हुन्छ ।
आईतबार साँझपख परेको पानीले पोखरा जलमग्न छ । सबैजसो सडकबाट हिडडुल गर्न समस्या छ । पैदलयात्रु सहित मोटरसाईक, स्कुटर, र साना गाडीहरुलाई पनि समस्या भैरहेको छ । पोखरामा पछिल्लो समय ढलान सडकहरु बढेका कारण पनि भेलजति सडक हुँदै बग्छन् । आकाशबाट झरेको पानी सोस्ने ठाउँ नभएको र नालिको ब्यवस्थापन पनि राम्रो नभएकोले समस्या देखिएको हो ।