पोखरामा प्याराग्लाइडिङ दुर्घटना, एक विदेशी पर्यटक घाइते

पोखरा, पुस १२ ।
पोखरा–लेखनाथ महानगरपालिका–६ खहरे क्यामपिङचोकमा प्याराग्लाइडिङ दुर्घटनामा परी एक विदेशी नागरिक घाइते भएका छन् । मंगलबार पोखराको सराङकोटबाट उडान गरी खहरेमा अवतरण गर्ने क्रममा टर्कीका नागरिक २८ वर्षीय महोमद सरिफ याजगिल्ला सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
घाइते महोमदको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।